१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १५:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दलीय आधारमा एक-एकजनाले बोलेपछि गृहमन्त्रीले जवाफ दिने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १५:२६:oo

कार्यव्यवस्था परामर्श समिति बैठकमा सदनलाई नियमित अगाडि बढाउने सहमति भएको छ। बैठकमा दलीय आधारमा एक-एकजनाले आकस्मिक समय प्रयोग गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने सहमति भएको हो। 

सय किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ। 

आज बिहान सभामुख देवराज घिमिरेको उपस्थितिमा प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको प्रमुख तीन दलका शीर्ष नेताबीच भएको छलफलमा सदन खुलाउने सहमति भएको थियो। साेमबार पनि सदन खुलाउने विषयमा शीर्ष नेताहरूबीच विभिन्न चरणमा छलफल भएकाे थियाे। 

ad
ad