१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन लाइफले वैदेशिक रोजगारमा रहेकालाई छुट्याएको सेयर बाँडफाँट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४७:oo

एनआइएमबी एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेकालाई छुट्याएको सेयर बाँडफाँट भएको छ । सर्वसाधारणका लागि छुट्याएको कुल जारी पुँजीको ३० प्रतिशतमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर बाँडफाँट गरिएको हो । 

कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँमा एक सय ४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता दुई सय ४४ रुपैयाँमा सेयर निष्कासन गरेको थियो । सेयर माग गर्दै २७ हजार ६ सय ३२ जनाले १९ लाख ३० हजार नौ सय कित्ताका लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जसमध्ये चारजना आवेदकको आवेदन रित नपुगेको र बाँकीलाई सेयर बाँडफाँट गरिएको उल्लेख छ ।  

न्यूनतम १० देखि ४० कित्तासम्म माग गर्ने सात हजार आठ सय ८५ जना आवेदकले मागबमोजिम सेयर प्राप्त गरेको जनाइएको छ । त्यस्तै, ५० देखि दुई हजार कित्तासम्म माग गर्ने आवेदकलाई ४० कित्ताका दरले बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । त्यस्तै, ५० देखि दुई हजार कित्तासम्म माग गर्ने सम्पूर्ण आवेदकलाई एउटै समूहमा राखी गोलाप्रथा विधिद्वारा थप १० कित्ताका दरले १८ हजार २९ जनालाई बाँडफाँट गरिएको जनाइएको छ । 

ad
ad