
नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनेमा आफूहरू विश्वस्त नभएको बताएका छन्।
सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पन्तले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरेका हुन्।
आफूहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति नै विश्वास नभएको भन्दै उनले प्रधानमन्त्रीको कामप्रति ढुक्क हुने अवस्था नभएको बताए।
सांसद पन्तले राजस्व विभाग र प्रहरीको अनुसन्धानलाई जारी राखेर सुन तस्करी प्रकरणमा अर्को राजनीतिक तहको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग दोहोर्याए।
उनले करोडौँ रुपैयाँको चलखेलमा लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामा नियुक्त भएको दाबी गर्दै लामालाई नियुक्त गर्ने सरकारले भ्रष्टाचारविरुद्धको गफ लगाउनु मात्रै भएको टिप्पणी गरे।