सदनको गतिरोध अन्त्यका लागि प्रमुख तीन दलका शीर्ष नेताहरूबीचको छलफल पुनः सुरु भएको छ। यसअघि आजै बसेको बैठक निष्कर्षविहीन भएपछि दोस्रोपटक नेताहरू छलफलमा जुटेका छन्।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधकै कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भइसकेको छ भने प्रतिनिधिसभा बैठक पनि समयमा बस्न सकेको छैन।
सभामुखको कार्यकक्ष बानेश्वरमा जारी बैठकमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी ओलीसहित तीन दलका संसदीय दलका प्रमुखहरू सहभागी छन्।