१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २२ सोमबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण २२ सोमबार १४:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उत्तराखण्ड पहिरो : बेपत्ता खोज्न कुकुर परिचालन [अपडेट] 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २२ सोमबार १४:१२:oo

चार दिनअघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरूको खोजीकार्य तीव्र पारिएको छ। सो स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटेल पहिरोले बगाएको थियो। 

सो क्रममा कालीकोटका तीन पुरुषको शव भारतीय प्रहरीले फेला पारेको थियो। कालीकोटको मान्मका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शव भेटिएको थियो। 

भारतको राजधानी नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले ११ नेपाली अझै हराइरहेको जानकारी दिए। ‘११ नेपाली नागरिक पहिरोमा बेपत्ता भएको यकिन भएको छ, दुईजनाबारे आशंका मात्रै गरिएको छ,’ रासससित कुरा गर्दै उनले भने, ‘खोजीकार्यमा आइतबारदेखि भारतीय सुरक्षाकर्मीले तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ।’

दूतावासले भारतीय पक्षसित खोजीकार्यका लागि आवश्यक समन्वय र आग्रह गरिरहेको उल्लेख गर्दै वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले खोजीकार्य तीव्र रूपमा भइरहेको जानकारी दिए। 

लगातार वर्षा भइरहेको र मन्दाकिनी नदीमा पानीको मात्रा बढेकाले खोजी गर्न समस्या भइरहेको उनको भनाइ छ। बेपत्ता नेपालीको खोजीका लागि परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसित आग्रह गरेको वरिष्ठ प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए। 

सो क्षेत्रमा लामो समयदेखि सयौँ नेपाली नागरिक होटेल व्यवसाय तथा मजदुरी गरी जीविका चलाउँदै आएका छन्। बेपत्ता भएकाहरू सबै जुम्ला घर भएकाहरू रहेको दूतावासले जनाएको छ। रासस