१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वर्षातमा साइक्लिङको मज्जा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:२९:oo

साइकल चलाउनुका धेरै फाइदा छन् । यसले मानसिक तथा शारीरिक रूपमा स्वस्थ राख्छ । रमाइलो महसुस गराउँछ । फिट रहन सहयोग गर्छ । साइक्लिङ गर्दा इन्धनमा पैसा पनि खर्चनुपर्दैन । त्यसैले साइकलका पारखीले जुनसुकै मौसममा पनि साइक्लिङ गर्दा हुन्छ । तर, वर्षात्को समय बाटो हिलो र चिप्लो हुने भएकाले केही कुराको ख्याल अवश्य गर्नुपर्छ । 

  • जुनसुकै मौसममा पनि साइक्लिङ गर्न रमाइलो हुन्छ । तर, यात्रामा निस्कनुअघि साइकलको कन्डिसन अनिवार्य चेकजाँच गर्नुपर्छ । 
  • पानी पर्दा बाटोको अवस्था राम्रो हुँदैन । खाल्टोमा साइकल कुदाउँदा साइकल बिग्रिन सक्ने भएकाले यसको मर्मतका लागि आवश्यक पर्ने आधारभूत औजारहरू झोलामा बोक्नु राम्रो हुन्छ । 
  • वर्षाको समय रेनकोट अनिवार्य बोक्नुपर्छ । 
  • बाटो चिप्लो हुने भएकाले ओरालो सडकमा दुर्घटना हुन सक्छ । यतिवेला विशेष सतर्क हुनुपर्छ । धेरै स्पिडमा कुदाउनुहुँदैन । 
  • पानी जमेको स्थानमा सकेसम्म साइकल कुदाउनुहुँदैन । खाल्डाखुल्डी हुन सक्छ र समस्या आउन सक्छ । त्यसैले यस्तो स्थानमा पुगेपछि साइकल बोकेर फुटपाथबाटै हिँड्नु राम्रो हुन्छ ।
  • सिकारुले वर्षाको समयमा साइक्लिङ नगर्दा नै राम्रो हुन्छ । तर, एड्भेन्चर साइक्लिङ गर्न रुचाउनेले वर्षात्को समय पनि पानीमा रुझ्दै साइकल कुदाउने गरेका छन् । किनकि, उनीहरूलाई ओरालो र चिप्लो बाटोमा साइकल कुदाउने बानी परिसकेको हुन्छ । यदि तपाईं एड्भेन्चर साइक्लिङ गर्न चाहनुहुन्छ भने होम ट्रेनर राखेर इन्डोर साइक्लिङ प्रशिक्षण लिन सक्नुहुन्छ । जसले गर्दा साइक्लिङ र सुरक्षासम्बन्धी पर्याप्त ज्ञान आर्जन गर्न सकिन्छ ।
  • नर्मल साइकललाई अफरोडमा लैजानुहुँदैन । अफरोडमा जानुपर्दा माउन्टेन बाइक नै लैजानु राम्रो हुन्छ । 
  • साइकल चलाउँदा हेल्मेट, हात नचिप्लिने पन्जालगायत सेफ्टी साधन अनिवार्य प्रयोग गर्नुपर्छ । 
  • बजारमा विभिन्न किसिमका साइकल पाइन्छन् । तर, आफ्नो क्षमताअनुसार हलुका खालको साइलक छनोट गर्दा हुन्छ ।
ad
ad