
एकीकृत समाजवादीको कार्यावाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा. बेदुराम भुसालले पाएका छन् ।
अध्यक्ष माधवकुमार नेपाल पार्टीसम्बद्ध प्रवासी नेपाली एकता मञ्चले स्विटजरल्यान्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने कार्यक्रमा सहभागी हुन २२ साउनदेखि १ भदौसम्म विदेशमा रहने भएकाले पार्टी कामको संयोजन गर्ने जिम्मेवारी भुसाललाई दिइएको हो ।
भुसाल कृषि तथा पशुपन्छी विकासमन्त्रीसमेत हुन् ।