मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
नवीन गुरुङ संखुवासभा
२०८० श्रावण २१ आइतबार १४:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाढीपहिरोपीडितलाई संखुवासभा समाज हङकङको ६ लाख ६० हजार नगद सहयोग

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०८० श्रावण २१ आइतबार १४:३८:००

संखुवासभा समाज हङकङले गत २ असारमा संखुवासभामा गएको बाढीपहिरोपीडितलाई ६ लाख ६० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ।

आइतबार एक कार्यक्रमबीच चैनपुर नगरपालिकाको हलमा असार २ गते संखुवासभाको बाढीपहिरोबाट क्षति व्यहोरेका पीडितलाई नगद सहयोग उपलब्ध गराएको हो।

संखुवासभामा जन्मिएर प्रवास हङकङलाई कर्मथलो बनाएको संखुवासभालीको साझा संस्था संखुवासभा समाज हङकङले पीडितहरूलाई ६ लाख ६० हजार नगद रुपैयाँ वितरण गरेको हो। 

संखुवासभा समाज हङकङअन्तर्गत जिल्लामा रहेको ‘संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठान’ले कार्यक्रमको आयोजना गरी राहत रकम वितरण गरेको संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष तथा बरुण बहुमुखी क्याम्पस प्रमुख टीकाराम गुरुङले बताए। 

उनले हेवाखोला बाढीपीडित मृतक तथा बेपत्ताहरू पाँचजनालाई जनही ४५ हजार, हेवा र सभापोखरीमा पूर्ण रूपमा विस्थापित प्रतिपरिवारलाई २४–२४ हजार र सभापोखरीका बेपत्ता तीनजनालाई जनही ३० हजारको दरले राहत रकम वितरण गरिएको बताए। 

उनको अनुसार, दीपक मगर पाँचखपन– ६, सन्तोष राई पाँचखपन– ९, सुहाङ राई पाँचखपन– ९, भुवनसिंह तामाङ पाँचखपन– ७ र ज्ञानबहादुर लिम्बू चैनपुर– ४ को मृतक तथा बेपत्ताको आफन्तलाई जनही ४५ हजार रुपैयाँ वितरण गरियो भने सभापोखरीका बेपत्ताहरू गणेशबहादुर राई र सञ्चमाया राई सभापोखरी– ३, आइतराज लिम्बु सभापोखरी– ४ लाई जनही ३० हजारका दरले राहत वितरण गरियो।

त्यसैगरी, विस्थापितहरू शुक्रराज तामाङ पाँचखपन– ९, सूर्यबहादुर न्यौपाने पाँचखपन– ७, धनमाया सुवेदी पाँचखपन– ९, भैरव तामाङ पाँचखपन– ७, मनु लिम्बू पाँचखपन– ४, वसन्ती लिम्बू चैनपुर– ४, धनकुमारी लिम्बू चैनपुर– ४, हेमकुमार तामाङ चैनपुर– ४, पूर्णबहादुर तामाङ चैनपुर– ४, धनबहादुर राई चैनपुर– १, सोमबहादुर लिम्बू सभापोखरी– ५, विष्णु लिम्बू सभापोखरी– ५, सुनील लिम्बू सभापोखरी– ५, दीपेश राई सभापोखरी– ५ लाई प्रतिपरिवार २४ हजारका दरले राहत रकम वितरण गरेको हो। 

सोही कार्यक्रममा संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका सदस्य तथा साहित्यकार ताराबहादुर बुढाथोकीले व्यक्तिगत रूपमा सामाजिक सञ्जालमार्फत संकलन गरेको ३१ हजार रुपैयाँसमेत वितरण गरिएको थियो। 

अहिले ती विस्थापित परिवारहरू आफन्तको घरमा शरण लिएर बसिरहेका छन्। बाढीपहिरोले पाँचखपन र चैनपुर नगरपालिकाबीचमा रहेको हेवाखोलामा बाढी आउँदा सुपरहेवाखोला हाइड्रोपावारमा कार्यरत १६ जना, अपरहेवाखोला हाइड्रोपावारमा एकजना, अमर कन्स्ट्रक्सनमा एकजना र सभापोखरी– २ सुनाम्लामा दुईजना, सभापोखरी– ४ मा एकजना गरी २१ जनाको मृत्यु भएको थियो। बाढी र पहिरोबाट १४ घर पूर्ण रूपमा विस्थापित बनेका छन्।