
हिमालय एयरलाइन्सले लबप्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । अगस्ट ३ मा बालगृहको परिसरमा आयोजित कार्यक्रममा एयरलाइन्सका अध्यक्ष झो इन्योङले बालगृहकी अध्यक्ष उषा कार्कीलाई तीन लाख ९६ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
योसँगै आश्रित बालबालिकाका लागि भान्सामा प्रयोग हुने सामग्री सेट र स्केच बुकका साथै क्रिकेटको सेट, क्यारमबोर्ड, ब्याडमिन्टन सेट, बास्केट बल, लुँडो, स्किपिङ रोप, हुला हुपजस्ता विभिन्न खेलकुदका सामग्री पनि सहयोग गरेका छन् । सुन्दरीजलमा अवस्थित यस संस्थाले हाल १३ जना बालबालिकालाई आश्रय, शिक्षा, हेरचाह र पालनपोषणको व्यवस्था गर्दै आएको छ ।
‘एयरलाइन्सले स्थापनाकालदेखि नै समाजका लागि सक्दो योगदान गर्दै आएको छ । यसपटक लबप्रसाद बालगृहलाई गरिएको सहयोगले यहाँका बालबालिकाका लागि राम्रो जीवन र बसाइको व्यवस्था गर्न चाहन्छौँ र उनीहरू भविष्यमा राष्ट्रका कर्णधार बनून् भन्ने आशा राख्छौँ ।’ एयरलाइन्सका अध्यक्ष इन्योङले भने ।
बालगृहकी अध्यक्ष उषा कार्कीले एयरलाइन्सको यस कदमको स्वागत गर्दै भनिन् ‘हाम्रो संस्थालाई भएको योगदानका लागि हामी हिमालय एयरलाइन्सप्रति अत्यन्तै आभारी छौँ । उदार सहयोगले हाम्रो रेखदेखमा रहेका बालबालिकाको जीवनमा उल्लेखनीय सुधार ल्याउनेछ ।’