Skip This
भ्रष्टाचारमा नाम जोडिएका पार्टी नेताहरूमाथि अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यहरूको माग
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारमा नाम जोडिएका पार्टी नेताहरूमाथि अनुसन्धान गर्न माओवादी केन्द्रीय सदस्यहरूको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४९:oo

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा विभिन्न भ्रष्टाचार र सुन तस्करी प्रकरणमा नाम मुछिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गर्न माग उठेको छ।

केन्द्रीय कमिटी बैठक चौथो दिनसम्म आइपुग्दा केन्द्रीय सदस्यहरूले विभिन्न भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा नाम जोडिएका पार्टीका नेताहरूमाथि अनुसन्धान गरी दोषी देखिए कारबाही गर्न माग गरेका हुन्। पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम ‘भेपमा सुन तस्करी प्रकरण’मा जोडिएको भन्दै नेताहरूले महरामाथि पनि छानबिन हुनुपर्ने धारणा राखेका छन्।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै केन्द्रीय सदस्य माधव सापकोटाले बैठकमा सुशासनको सम्बन्धमा गम्भीर छलफल भइरहेको जानकारी दिए। बैठकमा नेताहरूको जीवनशैली, कार्यशैली र आम्दानीका स्रोतहरूमाथि पनि प्रश्न उठेको उनको भनाइ थियो।

‘के स्पष्ट पारौँ भने मिडियामा आउनेबित्तिकै मान्छे पक्राउ गर्ने हाम्रो कानुनी र संवैधानिक व्यवस्था छैन। त्यसो गर्नका निमित्त उजुर पर्नुपर्‍यो। उजुर नै परेर पक्राउ नपरेको या पक्राउ नगरेको, अनुसन्धानको दायरामा नल्याएको भए सरकारको कमजोरी हुन्थ्यो,’ सापकोटाले भने, ‘म के स्पष्ट पार्न चाहन्छु भने पार्टीभित्र गम्भीरतापूर्वक छलफल भएको छ। हाम्रो पार्टीभित्रका पनि कोही न कोही नेताहरू यस्तो प्रकरणमा जोडिनुभएको छ भने छोड्दिन भनेर प्रधानमन्त्रीले, पार्टी अध्यक्षले भनिसकेको सन्दर्भमा धेरै अविश्वास, आशंका नगर्न र खासगरी क्विन्टल सुन प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सबैले सहयोग गरौँ।’

त्यसैगरी, अर्का केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले चर्चामा आएजस्तै माओवादी केन्द्रका नेताहरूको संलग्नता पुष्टि भएमा नेताहरूलाई पार्टीले संरक्षण गर्नु जरुरी नभएको बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्दा माओवादी केन्द्रको इज्जत बढेको भन्दै आफ्नै पार्टीका नेताहरू परे पनि कारबाहीबाट पछि हट्न नहुने स्पष्ट  पारे।