१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १३:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३७:oo

कक्षाकोठामै विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। 

काभ्रेको पनौती नगरपालिका- २ मा अवस्थित कुशादेवी माध्यमिक विद्यालयका गणित विषयका शिक्षक छविरमण गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

कक्षाकोठामै विद्यार्थीहरूलाई यौन दुर्व्यवहार गरेको भन्दै शिक्षक गौतमविरुद्ध ११ जना छात्राले सामूहिक रूपमा इलाका प्रहरी कार्यालय बनेपामा किटानी जाहेरी दिएका थिए। 

आइतबारदेखि शिक्षक गौतम सम्पर्कविहीन थिए। मंगलबार बेलुका जाहेरीमा आधारमा उनलाई शुक्रबार बनेपाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। 

पक्राउ परेका शिक्षकलाई जिल्ला अदालत काभ्रेबाट अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। 

शिक्षक गौतम ९ वर्षदेखि उक्त विद्यालयमा अध्यापन गराउँदै आएका थिए। कक्षा १० मा पढ्ने छात्राहरूले गत शुक्रबार विद्यालयमा शिक्षक गौतमले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा सामूहिक निवेदनसमेत दिएका थिए।