मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण १८ बिहीबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १८ बिहीबार १३:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रूपान्तरणसहित पार्टी पुनर्निर्माणमा लाग्न केन्द्रीय सदस्यकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १८ बिहीबार १३:४५:oo

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी छ। कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा भएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संक्षिप्त प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।  

आजको बैठकको प्रारम्भमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले गरेका कामकारबाहीबारे जानकारी गराएका थिए। 

उनले सरकारको कामले जनतामा नयाँ आशा–उत्साह ल्याएको उल्लेख गर्दै जनताको आशालाई पार्टी संगठनमा रूपान्तरण गर्नुपर्ने बताए। उनले रूपान्तरणसहित पार्टीलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए। 

सदस्यले पार्टीको पुनर्निर्माण, पार्टीको कार्यशैली, संगठनको प्रभावकारिता र सरकारका कामकारबाहीबारे धारणा राखेका छन्। बुधबारदेखि सुरु भएको बैठकमा नेताहरूका लागि धारणा राख्न पाँच–पाँच मिनेटको समय छुट्याइएको छ।