१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १७ बुधबार १७:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नीति निर्माण गर्न आएका सांसदहरू अन्यत्रै केन्द्रित भए : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १७ बुधबार १७:o७:oo

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बनाउँदा दूरगामी प्रभाव हेरेर बनाउनुपर्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एक–दुई वर्षमै परिवर्तन हुने विधेयक बनाउन नहुनेमा जोड दिए।

अध्यक्ष तिमिल्सिनाले भने, ‘कुनै देशमा अलिखित संविधानले अहिलेसम्म चल्ने। हामीले ६/७ पटक बनाएर पनि फेरि अहिलेकै संविधान पनि अब संशोधन गर्नुपर्छ कि भनेर छलफल चलाउनुपर्ने स्थितिमा आउने!’

सांसदहरूले आफ्नो अध्ययनको सीमा बढाउँदै र विषयवस्तुको गहिराईमा पुगेर मात्रै विधेयक बनाउनुपर्ने उनको भनाइ थियो। नीति निर्माण गर्न आएका सांसदहरू त्यता केन्द्रित हुन नसकेकाे भन्दै उनले जनतालाई पनि आफ्नो भूमिकाप्रति जागृत गराउनुपर्ने प्रस्ट पारे।

‘हामीले भोट माग्ने वेलामा नै व्यक्ति, व्यक्तिलाई चाहिने चिज तथास्तु भनेर भोट जितेका छौँ। भूमिका भोलि के हुने हो भन्ने थाहा छैन, भोट पाउने भएपछि जे पनि तथास्तु भनेको छ। अनि जितेपछि त त्यही माग गर्छ,’ तिमिल्सिनाले भने, ‘मेरो सांसद सदन चलेको वेलामा मेरो गाउँमा आउनुभयो भन्दा खुशी हुन्छ एकजना नागरिक। मेरो विधायक सदन चलेको वेलामा किन आयो भनेर प्रश्न कसैले गर्दैन। यहाँ बस्यो भने फर्केर नआउने भनेर भोट दिँदैन भोलि।’