१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २२ शनिबार १४:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कञ्चनपुरबाट एक वर्षमा तीन करोडभन्दा बढीकाे अवैध सामान बरामद

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:३९:oo

सशस्त्र प्रहरीले कञ्चनपुरबाट एक वर्षको अवधिमा तीन करोड रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । गत आर्थिक वर्ष ०७९/८० मा सशस्त्र प्रहरीले कञ्चनपुरमा भन्सार चोरी–तस्करीका तीन करोडभन्दा बढीका अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल ३५ नम्बर शैलेश्वरी गणले गत वर्ष भन्सार चोरी–तस्करीका अवैध सामान बरामद गरेर भन्सार चलान गरेको छ। गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमबहादुर रावलले गणसहित मातहत रहेका बोर्डर आउटपोस्ट (बिओपी)मार्फत भारतबाट चोरी–तस्करी गरेर ल्याएका अवैध सामान बरामद गरेर भन्सार चलान गरिएको बताए।

गणपति रावलका अनुसार भारतबाट भन्सार नकाटेका लत्ताकपडा, हार्डवेयर खेलौना सामग्री, इलेक्ट्रोनिक सामान, मलखाद, वनपैदावार, प्रतिबन्धित माछा, कुखुरासहित तस्करी गर्न प्रयोग भएका मोटरसाइकल, जिपसहितका साधन नियन्त्रणमा लिएर भन्सार चलान गरिएको हो। साउनको हालसम्म मात्रै सशस्त्र प्रहरीले ३० लाखभन्दा बढीका अवैध सामान नियन्त्रण गरेर भन्सार चलान गरेको छ।

कञ्चनपुरका विभिन्न खुला नाकासहित भन्सारबाटै चोरी छली गरेर नेपाल भित्र्याइएका अवैध सामान बरामद गरेर सशस्त्र प्रहरीले भन्सारलाई बुझाएसँगै भन्सार राजस्व चुहावट कम भएको छ।

ad
ad