१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:३७:oo

संवैधानिक परिषद्को बैठक विनानिष्कर्ष सकिएको छ। मंगलबार अपराह्न ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निष्कर्षबिहीन बनेको हो।

प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डासहित बसेको बैठकमा नाम प्रस्तावसमेत नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकपछि जानकारी दिए। उनका अनुसार अर्को बैठक साउन १८ गते बस्नेछ।

‘प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्ने एजेन्डा थियो। १८ गते ५ बजे प्रधानन्यायाधीशलगायत रिक्त संवैधानिक पदहरूका बारेमा छलफल गर्ने गरी बैठक स्थगित भयो। नाममा प्रवेश नै भएन,’ अध्यक्ष तिमिल्सिनाले भने।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी छ। कार्यकाल सकिन एक महिनाअगाडि नै नयाँ प्रधानन्यायाधीश सिफारिस हुनुपर्नेमा अहिलेसम्म अन्योलको स्थिति छ।

ad
ad