१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रतिकूल बकपत्रका कारण फौजदारी मुद्दामा न्याय दिन कठिनाइ भयो : प्रधानन्यायाधीश 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:५३:oo

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षीको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरूलाई न्याय दिन नसकिएको बताएका छन्। 

मंगलबार इन्सेकले ३१औँ प्रकाश स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले पीडित र साक्षीहरूको संरक्षण गर्न नसक्दा उनीहरूलाई फौजदारी मुद्दामा न्याय दिन नसकिएको बताएका हुन्।

पीडित र पीडितका साक्षीको संरक्षणको विषय संविधानमा नै उल्लेख भएको भए पनि उनीहरूको संरक्षण सार्थक रूपमा हुन नसकेको उनको भनाइ थियो। उनका अनुसार पीडितको संरक्षण गर्न नसक्दा प्रतिकूल बकपत्र आउने गरेकाले न्याय दिन कठिनाइ भएको छ। 

प्रधानन्यायाधीश कार्कीले सार्वजनिक सरोकारका विषयहरू अदालतमा लैजाने संविधानको व्यवस्थाअनुरूप सो विषयहरू अदालतमा पुगिरहे पनि त्यसको दुरुपयोग हुन थालेको बताए। 

न्यायालय स्वतन्त्र, सक्षम, निष्पक्ष र उत्तरदायी नभए मानव अधिकारको संरक्षण हुन नसक्ने बताउँदै प्रधानन्यायाधीश कार्कीले न्यायालय स्वतन्त्र र निष्पक्ष हुन सकेन भने न्याय प्रदान गर्न पनि नसक्ने स्पष्ट पारे।