१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस महानगर समितिले गरायो देउवाको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

कांग्रेसका ६ वटै महानगरको असन्तुष्टिबारे सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ।

काठमाडौं महानगर सभापति नीलकाजी शाक्य नेतृत्वको टोलीले सभापति देउवालाई धुम्बाराहीस्थित निवासमा पुगेर अन्तरमहानगर पदाधिकारीहरूको बैठकको निर्णयसहितको ज्ञापनपत्र बुझाएको हो।

कांग्रेस काठमाडौं महानगर समिति सचिव सुसन वैद्यका अनुसार १२ साउनमा बसेको अन्तरमहानगर भेलाको निष्कर्षअनुसार मर्यादाक्रममा विभेद भएकोलगायतका चारबुँदे ध्यानाकर्षण गराइएको छ। 

जवाफमा सभापति देउवाले समस्या समाधान गर्ने आश्वासन दिएका थिए। उनले तत्कालै मुख्यसचिव कृष्णप्रसाद पौडेललाई यसबारे बुझेर समस्या समाधान गर्न निर्देशन दिएको सचिव वैद्यले जानकारी दिए।