Skip This
प्रेमिकाको फोटो तथा भिडियाे पोर्नसाइटमा राख्ने युवक मलेसियाबाट पक्राउ 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १६ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १६ मंगलबार १५:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रेमिकाको फोटो तथा भिडियाे पोर्नसाइटमा राख्ने युवक मलेसियाबाट पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १६ मंगलबार १५:२९:oo

प्रेमिकाको गोप्य फोटो, भिडियाे सामाजिक सञ्जाल तथा पोर्नसाइटमा राख्ने युवकलाई नेपाल प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका म्याग्दीको अर्मन स्थायी ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो।

उनले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेका बखत विभिन्न वहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो तथा फोटाहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने गरेका थिए। 

साथै प्रेमिकाका आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि  उनको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्नसाइटमा समेत अपलोड गरी चरित्र हत्या गरेकोसम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको थियो।

अभियुक्तलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँग समन्वय गरी नेपाल ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो।

अभियुक्त विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। साइबर ब्युरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम विकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २४ माघ ०७८ मा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो।

उनलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ।