
नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड र स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कम्पनीको अधिकृत पुँजीको ४० प्रतिशत सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत धीरेन्द्रलाल कर्ण र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
सिराहामा रजिस्टर्ड कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्था मधेस प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था रहेको र यसले हाल १३ हजारभन्दा बढी परिवारमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
सम्झौतासँगै सार्वजनिक निष्कासनका माध्यमबाट सर्वसाधारणमा निष्कासनका लागि आवश्यक पूर्वतयारी सुरु भएको नबिलले जनाएको छ । पूर्वतयारी सम्पन्न भएपछि नियामक निकायहरूबाट सेयर निष्कासनका लागि अनुमति माग गरिने जनाइएको छ ।