१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १५ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १५ सोमबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्छ : कांग्रेस सांसद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १५ सोमबार १८:४o:oo

नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनुपर्ने बताएका छन्।

गम्भीर घटनामा सत्तापक्ष र विपक्ष भन्ने नहुने भन्दै उनले मन्त्रालय, विभागबाट नभई उच्चस्तरको संयन्त्र बनाई छानबिन गर्नुपर्ने बताए। सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद जबराले सुन तस्करीको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए।

‘यो घटना सत्तापक्ष, प्रतिपक्ष भन्ने छैन, यसमा उच्चस्तरको छानबिन हुनुपर्छ। हुनुहुँदैन भन्ने नै छैन। उच्चस्तरीय स्तरबाट छानबिन हुनुपर्छ, मन्त्रालय, विभागबाट होइन, होइन विपक्ष दलको होइन हामी सबैको माग हो, सुन तस्करीमा हामी गम्भीर छौँ,’ उनले भने।

सांसद जबराले सुन तस्करीमा मुख्य व्यक्ति पक्राउ नपरेसम्म सरकारलाई दबाब दिइरहने बताए। ‘मूल माफियाको नाइके पत्ता लगाउनुपर्छ, तबसम्म सरकारलाई दबाब हामी पनि दिन्छौँ। तर, संसद्का अरू बिजनेस चल्न दिनुपर्छ,’ उनले भने।