सय किलो सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभाको बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ।
प्रतिनिधिसभा बैठक सोमबार १ बजेलाई बोलाइएको थियो। एमालेले गरेको संसद् अवरोध खुलाउन साेमबार अपराह्न सभामुख देवराज घिमिरे र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो।
सदन खुलाउन आज बिहान मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।