मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
२०८० श्रावण १४ आइतबार १५:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोपीडितका लागि अस्थायी बस्ती बनाउँदै मैवाखोला गाउँपालिका

Read Time : < 1 मिनेट
२०८० श्रावण १४ आइतबार १५:०१:००

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित परिवारका लागि अस्थायी एकीकृत बस्ती बनाउने काम सुरु गरेको छ। पहिरोपीडितका लागि अहिलेसम्म १५ वटा घर–टहरा निर्माण भइसकेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए।

गाउँपालिकाभरिका ६४ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी अस्थायी एकीकृत बस्ती बनाउने कार्य भइरहेको उनले बताए। ‘अहिलेसम्ममा १५ वटा घर बनिसकेका छन्।  अन्य बनाउने क्रम जारी छ,’ अध्यक्ष वनेमले भने।

बस्ती निर्माणका लागि स्थानीयहरूले स्वेच्छिक श्रमदान गरिरहेका छन्। जोखिममा रहेका ओदक क्षेत्रका घरपरिवारलाई गाउँपालिकाको वडा नम्बर ३ स्थित अधुरो रहेको मदन भण्डारी रंगशालामा अस्थायी एकीकृत बस्ती बनाई स्थानान्तरण गर्न लागेको हो।

ओदक क्षेत्रका ६१ घर पहिरोको कारण उच्च जोखिममा रहेकाले तत्कालका लागि अस्थायी एकीकृत बस्ती बनाई सुरक्षित स्थानान्तरण गर्नुपर्ने सर्वपक्षीय निष्कर्षका आधारमा पालिकाले बस्ती बनाउन सुरु गरेको हो। पालिका अध्यक्ष वनेमले अस्थायी एकीकृत बस्तीलाई दीर्घकालीन रूपमा स्थानान्तरण गरी जोखिम प्रभावित घरपरिवारलाई थप स्थानान्तरण गरिने बताए।

गत असार २ गते राति आएको पहिरोका कारण ओदक क्षेत्रका बस्तीहरू उच्च जोखिममा छन्। ६४ वटा घर निर्माणका लागि करिब एक करोड रुपैयाँ लागत अनुमान गरिएको अध्यक्ष वनेमले बताए।