१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण १२ शुक्रबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण १२ शुक्रबार o९:४५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगरले दियो  करदातालाई छुट सुविधा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण १२ शुक्रबार o९:४५:oo

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षका लागि कानुन नै बनाएर करदातालाई करमा छुट सुविधा उपलब्ध गराएको छ । आर्थिक ऐन ०८० अनुसार सम्पत्ति कर, बहाल कर, व्यवसाय करमा अवधि तोकेर छुट सुविधा उपलब्ध गराइएको हो । छुट सुविधा वडा कार्यालयबाटै लिन सकिने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले बताए ।

सम्पत्ति कर र व्यवसाय बहाल करदातालाई पुस मसान्त ०८० सम्म कर रकममा १० प्रतिशत छुट हुनेछ । महानगर क्षेत्रभित्र सञ्चालित होटेल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा लिजमा लिएर होटेल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेका करदातालाई बक्यौतासहितको सम्पत्ति करमा ३० प्रतिशत छुट दिइएको छ । यो सुविधा पुस मसान्तसम्म मात्र हुनेछ । 

व्यावसायिक रूपमा सवारीसाधन पार्किड प्रयोजनका लागि भवन निर्माण गर्ने करदातालाई भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ । एक वडा एक नमुना उद्यम कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायहरूको दर्ता भएको तीन वर्षसम्म बुझाउनुपर्ने व्यवसाय कर र शुल्कको १५ प्रतिशत छुट हुनेछ । 

चालू आर्थिक वर्षसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपांगता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका पाँच लाखसम्म पुँजीगत लगानी भएका उद्योग–व्यवसाय, कम्पनी, संस्थाले पुस मसान्त ०८० भित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा कर रकमको २५ प्रतिशत छुट हुनेछ । यो छुट महानगरपालिकामा स्थायी बसोवास भएका व्यक्तिलाई नागरिकता, मतदाता परिचयपत्र वा बसाइँसराइ प्रमाणपत्रका आधारमा दिइनेछ ।