१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार १६:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

को-को बने नेकपाका जिल्ला अध्यक्ष र सचिव ? (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार १६:२५:००

पार्टी स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्लाको अध्यक्ष र सचिव सोमबार घोषणा गरेको छ । नयाँ नेतृत्वमा पूर्वएमालेलाई ४४ जिल्लाको अध्यक्ष र पूर्वमाओवादी समूहलाई ३३ जिल्लाको अध्यक्ष बाँडिएको छ । सबै जिल्लामा अध्यक्ष एउटा समूहबाट र सचिव अर्को समूहबाट हुने गरी भागबन्डा गरिएको हो । 

जिल्ला नेतृत्वमा तीन शीर्ष नेताका समूहको निर्णायक उपस्थिति देखिएको छ । अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालको समूह जिल्लामा प्रभावशाली देखिएको हो । चौथो शक्तिका रूपमा पूर्वमाओवादीकै रामबहादुर थापा ‘बादल’ निकट नेताहरू जिल्ला नेतृत्वमा आएका छन् । यस्तो छ, जिल्ला नेतृत्वको समूहगत प्रतिनिधित्वः