१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० श्रावण १० बुधबार १८:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुन तस्करी प्रकरणमा अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन कांग्रेसको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० श्रावण १० बुधबार १८:१९:००

नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा गहिरो अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्ने भएको छ। केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरू सार्वजनिक गर्दै महामन्त्री विश्वप्रकाश शर्माले सो जानकारी दिएका हुन्।

पार्टीका नेता बालकृष्ण खाणको नाम उल्लेख नगरी कांग्रेसले भ्रष्टाचारमा दोषी नउम्कियून् र निर्दोष नफसून् भन्नेमा प्रतिबद्ध रहेको जनाएको छ। पूर्वगृहमन्त्रीसमेत रहेका खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा छन्।