१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार १६:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच वित्तीय सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:३५:oo

जिडब्लुएम सवारीसाधनहरूको एक मात्र आधिकारिक आयातकर्ता र वितरक भिजी इम्पेक्स प्रालिले एभरेष्ट बैंक लिमिटेडसँग वित्तीय सुविधाका लागि सम्झौता गरेको छ। 

आइसिई सवारीसाधन हाभल जोलायन, हाभल एच ६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारीसाधनको वित्तीय सुविधाका लागि सम्झौता गरेको हो।

उक्त सम्झौतामा आज भिजी इम्पेक्स– जिडब्लुएम नेपालका उपसभापति रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उपमहाप्रबन्धक गौरव कुमारले जिडब्लुएमका सवारीसाधनलाई ग्राहकहरूलाई  फाइनान्सिङ सुविधाको पहुँच पुर्‍याउने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

जिडब्लुएमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ यो सहकार्य गरिएको भिजी इम्पेक्स प्रालिले जनाएको छ। 

यसले कम्पनीले ग्राहकहरूलाई  प्रतिस्पर्धी ब्याजदरहरू, डाउन पेमेन्ट र कर्जा अवधिसहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहकहरूले आफ्नो आवश्यकताहरूको आधारमा छनाेट गर्न सक्छन्।  

एभरेष्ट बैंकले अधिकतम सात वर्षको अवधिका लागि उत्कृष्ट ब्याजदरसहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउनेछ। यस्तै, ती वर्षसम्मको कर्जा अवधिको लागि, न्यूनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत रहनेछ। थप जानकारी कम्पनीकाे वेबसाइटमा पाउन सकिन्छ। 
 

ad
ad