१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
विदुर पौडेल
२०७६ बैशाख ९ सोमबार १३:१९:००
Read Time : < 1 मिनेट
समाचार

स्थापनाको तीन वर्षमा पनि सञ्चालनमा आएन माटो परिक्षण प्रयोगशाला 

Read Time : < 1 मिनेट
विदुर पौडेल
२०७६ बैशाख ९ सोमबार १३:१९:००

तत्कालिन जिल्ला कृषि विकास कार्यालयमा स्थापना भएको माटो परिक्षण प्रयोगशाला तीन वर्ष देखि बन्द अवस्थामा रहेको छ । 

१० लाखको लगानीमा निर्माण भएको उक्त प्रयोगशाला स्थापना काल देखि नै बन्द अवस्थामा रहेको  कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । स्थापनाको केही समय बालि संरक्षण अधिकृत देवेन्द्र साहुलाई १५ दिने तालिम दिएर केही दिन प्रयोगशाला ल्याव संचालन भएपनि लगत्तै उनको सरुवा भएपछि पूर्ण रुपमा बन्द भएको कार्यालयका कृषि प्रसार अधिकृत विजय मण्डलले बताए । 

कार्यालयमा ल्याव स्थापना भएपनि हाल सम्म प्रयोगशाला टेक्निसियनको दरबन्दी कायम नभएकाले सेवा संचालन गर्न कठिनाई भएको उनले बताए । प्राविधिक मात्र नभए र प्रयोगशालामा परिक्षणको लागी प्रयोग गरिने केमिकल समेत नभएको उनले बताए ।

‘यी दुवै कामका लागि बजेट र दरबन्दी दुवै छैन’, उनले भने । बेला बेलामा बर्षमा एक दुई पटक कार्यालयले हेटाैँडाबाट प्राविधिक र केमिकल मगाएर शिविर संचालन गर्ने गरेको भएपनि त्यस भन्दा बढी उपलव्धी केही हुन सकेको छैन मण्डलले बताए । 

अब केन्द्रसँगको परामर्श र कार्यालय प्रमुखको निर्णय अनुसार केही दिन भित्रमा कार्यालयले एक जना कर्मचारीलाई छोटो समयको तालिमको लागि पठाएर भएपनि ल्याव संचालनमा ल्याउने तयारी गरेको उनले बताए । 

२०७३ सालमा स्थापना भएको प्रयोशालाका लागि अहिले सम्म दरवन्दी नै कायम हुन सकेको छैन ।