१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महामन्त्रीले प्रस्ताव गरेको कार्यक्रमको सही कार्यान्वयन गरौँ : दिलेन्द्र बडू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o२:oo

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेका कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले केन्द्रीय समितिका एजेन्डा सही र व्यवस्थित रहेको धारणा राखे। महामन्त्रीले प्रस्तुत गरेका कार्यतालिका र कार्यक्रमहरू संस्थाको कार्यक्रम मानेर कार्यान्वयनका लागि एकजुट हुनुपर्ने बडूको भनाइ छ। 

‘केन्द्रीय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत। यो सबैको एजेन्डा र कार्यक्रम हो। संस्थागत कार्यक्रम हो । यसको कार्यान्वयनका लागि पार्टीको संस्थागत र एकताबद्ध ढंगले जुट्नुपर्छ, यो अहिलेको आवश्यकता हो । यसले पार्टीमा नयाँ जीवन दिन्छ । यो अब महमन्त्रीको कार्ययोजना नभई संस्थाको रूपमा लिनुपर्छ । यसरी गए पार्टी निश्चित रूपमा अघि बढ्छ,’ उनले भने।