१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ९ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ९ मंगलबार ११:o५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यातायात क्षेत्र सुधारमा मन्त्री ज्वालासहित सातै प्रदेशका मन्त्री र सचिवको ११ बुँदे सामूहिक घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ९ मंगलबार ११:o५:oo

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि ११ बुँदे धुलिखेल घोषणापत्र जारी गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात क्षेत्र सुधार र कार्यान्वयन योजना बनाउन सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्रीलाई काभ्रेको धुलिखेलमा बोलाएका थिए । 

दुई दिनसम्म चलेको आवासीय  बैठकले ११बुँदे घोषणापत्र जारी गरेको हो । यातायात क्षेत्रका समस्या पहिचालन गरी ती समस्याको मिति नै तोकेर समाधन खोज्ने गरी घोषणापत्र जारी भएको मन्त्री प्रकाश ज्वालाले बताए । 

‘यातायात क्षेत्रको रोग पत्ता लगाएर उपचारको विधि पनि तत्काल सुरु गर्ने गरी घोषणापत्र जारी गरेका छौँ,’ मन्त्री ज्वालाले भने, ‘यातायात क्षेत्रमा ११ बुँदे घोषणापत्र कोसेढुंगा साबित हुन विश्वास हामीले लिएका छौँ ।’ 

यातायात व्यवस्था विभागबाहेक सबै कार्यालयहरू प्रदेशमातहत छन् । ‘संघीय सरकारले ऐन, कानुन र अन्य कुराको सहजीकरण गर्दछ भने प्रदेश सरकारले कार्यान्वयन गर्दछ, कानुन बनाउने र लागू गर्ने सरकारबीचको एउटा महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले भने । 

समन्वय बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी सहभागी थिए ।  यी दुई प्रदेशको यातायात मन्त्रालय मुख्यमन्त्रीसँग भएका कारण उनीहरू उपस्थित भएका हुन् । अन्य प्रदेशबाट यातायातमन्त्री र सचिवको सहभागिता थियो भने भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सहसचिव अर्जुन थापा, रघुराम विष्टलगायतको सहभागिता थियो । 

समन्वय बैठकले सवारीचालक अनुमतिपत्र, स्मार्टलाइसेन्स, चालक अनुमतिपत्रको छपाइ, इम्बाेस्ड नम्बर, पुराना सवारीसाधनको लगत कट्टा, रायड सेयरिङ, विदेशी सवारीचालकको नेपालीकरण, वैज्ञानिक भाडादर निर्धारणजस्ता ११ विषयमा घोषणापत्र जारी गरेको छ । 

भदौबाट सबै यातायात कार्यालयमा अनलाइन सेवा 
चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयहरूमा देखिने भिड हटाउन आगामी भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा लागू हुने भएको छ । हाल गण्डकी प्रदेशको पोखरामा मात्र यो सेवा सञ्चालनमा छ । पोखरा यातायात कार्यालयमा अनलाइन सेवा सफल र प्रभावकारी भएपछि देशभर लागू गर्न लागिएको हो । 

त्यसैगरी, इम्बाेस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिने निर्णय गरिएको छ । सरकारी सवारीसाधनलाई पहिले अनिवार्य गर्ने र त्यसपछि निजी र सार्वजनिक सवारीसाधनमा लागू गर्ने गरी तयारी थालिएको छ । इम्बाेस्ड नम्बर जडान नभए उसको नवीकरण रोक्नेसम्मको निर्णय भएको छ ।