मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
२०८० श्रावण ८ सोमबार २३:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता

Read Time : < 1 मिनेट
२०८० श्रावण ८ सोमबार २३:०८:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनबीच भेटवार्ता भएको छ ।

राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा सोमबार भएको भेटमा खाद्य सुरक्षा, गरिबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकोे छ । 

विश्व खाद्य कार्यक्रमले नेपालमा पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ । सोमबारै प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच पनि भेटवार्ता भएको थियो । (रासस)