१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संगीत रोयल्टीका नाममा रेडियोको नवीकरणमा अवरोध नपुर्‍याऔं : रेडियो ब्रोडकास्टर्स फोरम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५५:oo

रेडियो ब्रोडकास्टर्स फोरम (आरबिएफ)ले सरकारीस्तरबाट नै संगीत रोयल्टी संकलन कार्यका लागि व्यवस्थित प्रणालीको विकास गर्नुपर्ने माग गरेको छ।

संगठनले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै संगीत रोयल्टी संकलक समाजले आफ्नो सहमति कार्यान्वयन नगरेको तथा वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको भन्ने सर्जकहरूकै गुनासो रहेकाले सरकारीस्तरबाटै रोयल्टी संकलन कार्य व्यवस्थित बनाइनुपर्ने माग गरेको हो।

अकोर्याबका महासचिव किशोरजंग थापाले संगीतकार सुरेश अधिकारीले एफएम रेडियोका सञ्चालकहरू, रेडियो आबद्ध छाता संगठन र नेतृत्वलाई तल्लोस्तरको गालीगलौज तथा प्रसारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिएकाले उनका सिर्जनाहरू प्रसारण नगर्ने निर्णयमा पुग्न बाध्य भएको भन्दै निर्णयको बचाउ गरे। 

विगतमा भएका सहमति र सम्झौताअनुसार संगीत रोयल्टी संकलक समाज नामक संस्थाले आफ्नो सहमति कार्यान्वयन नगरेको उनले बताए। थापाले समग्र सर्जक र स्वतन्त्र रेडियोहरूबीचको नङ र मासुजस्तै सम्बन्धमा दरार आउन नदिन प्रतिबद्ध रहेको प्रस्ट पारे।