१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १३:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:२६:oo

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १०औँ संस्करण सम्पन्न गरेको छ। कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीहरूका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा यो कार्यक्रम आयोजना गर्दै आइरहेको छ।

टाउन हल सभा सबै कर्मचारीहरूका लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनीतिमा एकताबद्ध हुने अवसर रहेको कम्पनीले जनाएको छ। कम्पनीले गरेको प्रगति, सफलताहरू, भावी कार्ययोजना तथा प्राथमिकताहरूबारे अद्यावधिक हुने र छलफलमा संलग्न हुन र सोमा उठेका कुनै पनि प्रश्नहरू साझा गर्ने अवसर हो।

कर्मचारीमैत्री कार्यस्थल बनाउन र सम्पुर्ण टिमलाई कम्पनीको लक्ष्य पूरा गर्नका लागि व्यवस्थापन टिमसँग पंक्तिबद्ध भएर साथसाथ अघि बढ्न यस्तो सभाले महत्वपूर्ण भूमिका खेल्छ भन्ने सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलको भनाइ छ। सिटिजन लाइफले टाउन हल सभालाई प्रत्येक कर्मचारीले जान्नुपर्ने कुराहरूलाई सुदृढ पार्न शैक्षिक अवसरको रूपमा प्रयोग गर्ने गरेको छ।

ad
ad