१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:१८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

छत्रकोट पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१८:oo

गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा भएको छ। छत्रकोटसँगै जिल्लाका तीन स्थानीय तह पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा भएका छन् ।

नेपालमै पहिलोपटक गुल्मी दरबार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको थियो । धुर्कोट गाउँपालिका पनि पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भइसकेको छ।

छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेका हुन्। घोषणा सभाको उद्घाटन जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले गरेका थिए ।

घोषणा सभामा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त हुन सम्पादन गरिएका गतिविधिसहितको अवस्थाबारे स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले जानकारी गराएका थिए। कार्यक्रममा स्वास्थ्यचौकीहरूलाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त बनाउन सफल प्रत्येक स्वास्थ्यचौकी व्यवस्थापन समिति र कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा छत्रकोटले राम्रो कामहरूको संकेत देखाएको भन्दै प्रशंसा गरेका थिए। घोषणालाई संस्थागत र निरन्तरतासहितको दिगोपनामा जोड दिँदै खत्रीले पूर्वाधार मात्रै विकास नभएको बताए।

कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले अभियानमा ऊर्जा दिने सबैप्रति आभार  प्रकट गर्दै पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिकाको घोषणालाई दिगो र निरन्तरताका लागि आफू सचेत र सक्रिय रहेको बताए।

संघीय संरचनासँगै पालिकामा स्थापना भएको स्वास्थ्य शाखाको नेतृत्वमा छत्रकोट– ४ दिगाममा श्रृंगा प्राथमिक स्वास्थ्य केन्द्र र पाँचवटा स्वास्थ्य चौकी, आठवटा सामुदायिक स्वास्थ्य एकाइ तथा एउटा नागरिक आरोग्य केन्द्र छ।

सरकारले अवलम्बन गरेको पोषण विशेष कार्यक्रमहरूको व्यवस्थित सञ्चालन, नियमित पाँच वर्षमुनिका बच्चाहरूको तौल अनुगमन, गर्भवती महिलालाई आइरन, अलबिन्डाजोल वितरण, सुत्केरी आमालाई भिटामिन ‘ए’ वितरण, गर्भावस्था सुरु भएपछि फोलिक एसिड र क्याल्सियम वितरण, नियमित रूपमा पोषण परामर्शजस्ता कार्यहरूलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए।
 
त्यस्तै, स्वास्थ्य संस्थामा अनिवार्य प्रसूतिका लागि २४सै घन्टा प्रसूति सेवा प्रदान गर्न सबै स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर शुभारम्भ गरी सेवा सुरुवात गरिएको पुनले जानकारी दिए ।

६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई गुल्मी जिल्लामै पहिलोपटक बालबिटा वितरण कार्यक्रमको शुभारम्भ गरी प्रभावकारी सञ्चालन गरिएको र देशमै पहिलो स्थानीय तहको रूपमा महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सनको व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिइन्।