१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १८:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १८:२२:oo

संयुक्त राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलन, २०२३ मा सहभागी हुन शनिबार इटालीको रोम प्रस्थान गरेका छन् । राष्ट्रसंघीय सम्मेलन आगामी सोमबारदेखि बुधबारसम्म इटालीको राजधानी रोममा आयोजना हुँदै छ । 

प्रधानमन्त्री प्रचण्डको प्रतिनिधिमण्डलमा छोरी गंगा दाहाल, कृषिमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्साललगायत छन् । प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणालीसम्बन्धी उद्घाटन सत्रलाई सोमबार सम्बोधन गर्ने कार्यक्रम छ । उनले कम विकसित मुलुकहरूको समूह (एलडिसी ग्रुप)को अध्यक्षका हैसियतमा सम्बोधन गर्नेछन् । उनले प्लेनरी सेसनमा पनि त्यही दिन सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले मंगलबार आयोजना हुने खाद्य प्रणाली रूपान्तरण शीर्षकको सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

‘प्रधानमन्त्रीले विभिन्न मुलुकबाट सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलसित भेटवार्ता गर्ने कार्यक्रम छ । उनले एफएओका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्टका अध्यक्षलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री प्रचण्डको यो भारतपछि दोस्रो विदेश भ्रमण हो । तर, यो द्विपक्षीय भ्रमण भने होइन । संयुक्त राष्ट्रसंघको खाद्य र कृषि संगठन (एफएओ) परिसरमा सम्मेलन आयोजना हुँदै छ । रोमस्थित संयुक्त राष्ट्र एजेन्सीहरूले कार्यक्रम आयोजना गरेका हुन् ।

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई 
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रमका लागि गएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई दिइएको हो । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि खड्काललाई जिम्मेवारी दिएका हुन् ।

ad
ad