
सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा जोडिएका सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न आदेश दिएको छ।
शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सचिव राउतले दायर गरेको रिट खारेज गर्दै उनलाई तारेखमा छाडेर अनुसन्धान छिटो सम्पन्न गर्न परमादेशसमेत जारी गरेको छ।
सचिव राउतले आफूलाई साधारण तारेखमा छाड्न सर्वोच्चमा रिट दायर गरेका थिए। साथै सर्वोच्चले सुधीरकुमार शाह, टीकाराम घिमिरे, धर्मप्रसाद गौतम, मीनबहादुर गुरुङलगायतले दायर गरेका सबै बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै अनुसन्धानका लागि थुनामै राख्ने आदेश दिएको छ।