१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
श्रवण थापा सर्लाही
Invalid date format १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाहीको प्रहरी हिरासतमा महिला थुनुवाद्वारा आत्महत्या

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
Invalid date format १२:४६:oo

सर्लाहीमा प्रहरी हिरासतमा रहेकी एक थुनुवाले आत्महत्या गरेकी छिन्। बिहीबार राति जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी थुनुवा चक्रघट्ट गाउँपालिका– ८ निवासी ४० वर्षीया अजरत खातुनले आत्महत्या गरेकी हुन्।

उनले थुनुवा कक्षको शौचालयको ढोकामा सलको पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी कैलाश राईले जानकारी दिए। 

राति १० बजेको समयमा शौचालय गएकी खातुन निकै बेरसम्म ननिस्किएपछि प्रहरीले शौचालयको ढोका फाेडेको थियो। ढोका खोल्दा उनी सलको पासो लगाएर ढोकामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

प्रहरीका अनुसार उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। उनको उपचारका  क्रममा मृत्यु भएको हो। 

गत ३ साउनमा खातुनसहित दुईजनालाई सशस्त्र प्रहरीले मलंगवा नगरपालिका– ८, झिलिमिलियामाईनजिकै नेपाल–भारत सीमाक्षेत्रबाट स्राेत नखुलेको रकम र चाँदीसहित पक्राउ गरेको थियो। 

पक्राउ परेका अर्का पुरुष चक्रघट्टा गाउँपालिका– ८ का ३२ वर्षीय रामकेवल राय रहेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट स्राेत नखुलेको पाँच लाख चार हजार नेपाली रुपैयाँ र पाँच सय ८७ ग्राम चाँदी बरामद भएको थियो।

पक्राउ परेका दुवैलाई प्रहरीले ३ साउनमा नै भन्सार कार्यालय मलंगवा बुझाएको जनाएको छ। मलंगवा भन्सार कार्यलयले हिजो (बिहीबार) घटनामा संलग्न रहेको ठहरसहित पक्राउ परेका दुईमध्य खातुनलाई तीन लाख ३९ हजार धरौटी तोकेको थियो। आफन्तका अनुसार खातुनले धरौटीबापतको रकम बुझाउन सकिनन्। 

त्यसपछि जिल्ला भन्सार कार्यालयले उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा पठाएको थियो। मृतक खातुनको माइती पक्ष आउँदै गरेकाले शव परीक्षणपछि आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी राईले जानकारी दिए।