१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

माटोले पुर्ने काम नसकिएसम्म बन्चरेडाँडामा फोहोर ढुवानी नहुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:१४:oo

बन्चरेडाँडा र सिसडोलका स्थानीयले फोहोर पुर्ने काम नसकिएसम्म बन्चरेडाँडामा फोहोर ढुवानी हुन नदिने भएका छन् । बुधबार स्थानीय प्रतिनिधि र सहरी विकास मन्त्रालयबीच मौखिक सहमति भए पनि स्थानीयले बिहीबार पनि फोहोरका गाडी जान रोक लगाएका छन् । फोहोर ढुवानी रोकेर विरोध जनाउँदै आएका स्थानीयको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै जनप्रतिनिधिहरूले फोहोर क्यापिङको काम (फोहोरलाई १५ सेन्टिमिटर माटोले पुर्ने) नसकिएसम्म फोहोर ढुवानी हुन नदिने बताएका छन् ।

‘हामीले फोहोर व्यवस्थापन गर्न अवरोध गरेका होइनौँ । स्थानीयको भोटले जितेकाले जायज मागमा ऐक्यबद्धता जनाएका हौँ,’ ककनी गाउँपालिका–३ वडाध्यक्ष घननाथ बजगाईंले भने, ‘फोहोर क्यापिङको काम नसकिएसम्म फोहोर ढुवानीको काम हुँदैन । क्यापिङ गर्न महिना दिन लागेमा त्यतिन्जेलसम्म फोहोर ढुवानी हुन दिँदैनौँ ।’

उनका अनुसार फोहोर क्यापिङसँगै मन्त्रालयसँग भएको सम्झौता पनि पालना गर्दै जानुपर्नेछ । बुधबार मन्त्रालय र स्थानीय प्रतिनिधिबीच फोहोर यथोचित रूपमा पुर्नुपर्ने, फोहोरकै कारण फैलिएका झिँगा व्यवस्थापन गर्ने, बन्चरेडाँडा र सिसडोलको वातावरणीय प्रभाव मूल्यांकन (इआइए)गर्न बिहीबार नै विज्ञसहितको टोली अनुसन्धानका लागि पठाउने मौखिक सहमति भएको थियो ।

फोहोर बोकेर बन्चरेडाँडा ट्रक जान नदिए पनि माटो बोकेर जाने ट्रक भने स्थानीयले जान दिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । फोहोर बोकेका सवारीसाधन स्थानीयले प्रवेश गर्न नदिएपछि बिहीबार पनि उपत्यकाको फोहोर बन्चरेडाँडा जान नसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।

ad
ad