१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोटेश्वर क्याम्पसले पायो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:५२:oo

कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रमाणीकरण प्राप्त गरेको छ।

विश्वविद्यालय अनुदान आयोगको गत हप्ता बसेको बोर्ड बैठकले देशभरिका कलेजहरूमध्ये कोटेश्वर बहुमुखी क्याम्पससहित दुईवटा कलेजलाई क्युएए प्रमाणीकरण गर्ने निर्णय गरेको थियो। पढाइको गुणस्तर राम्रो भएका, विद्यार्थी संख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएकालगायत तोकिएको मापदण्ड पूरा गरेका कलेजलाई विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रमाणीकरण गर्ने गरेको छ।

विश्वविद्यालय अनुदान आयोगले अहिलेसम्म देशभरिका साढे ६ सयभन्दा बढी सामुदायिक कलेजहरूमध्ये ६२ वटा कलेजलाई क्युएए प्रमाणीकरण गरेको छ।

क्युएए प्राप्त गरेको अवसरमा कोटेश्वर बहुमुखी क्याम्पसले बुधबार खुसियालीसहित बधाई कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा क्याम्पसका प्रिन्सिपल गोविन्दबहादुर कार्कीले क्याम्पसले सधैँ गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्वविद्यालय अनुदान आयोगले क्युएए प्रमाणीकरण गरेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नमा कोटेश्वर क्याम्पस अब्बल रहेको यसले प्रमाणित गरेको बताए। 

पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीको अथक मिहिनेतका कारण क्युएए पाएको बताउँदै भविष्यमा यो कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्ने जिम्मेवारी थपिएको बताए। यस क्याम्पसमा चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्।

ad
ad