१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ३ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका न्युयोर्क
२o८o श्रावण ३ बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सांसद सापकोटाले गरे राष्ट्रसंघीय राजनीतिक फोरमलाई सम्बोधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
नयाँ पत्रिका
२o८o श्रावण ३ बुधबार ११:५३:oo

माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकामा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपिएफ)लाई सम्बोधन गरेका छन्। फोरममा संलग्न अल्पविकसित देश (एलडिसी) सदस्यराष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका हुन्। 

सम्बोधनका क्रममा उनले राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताए। तर, त्यसका लागि आन्तरिक स्राेत मात्र पर्याप्त नभएकाले स्राेत उपलब्ध गराउन विकसित मुलुकहरूलाई अपिल गरे। 

दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक कानुन निर्माणका साथै सामाजिक र आर्थिक विकासका खाका तयार पारिए पनि ती कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक  स्रोतसाधन र क्षमताको सीमा रहेको उल्लेख गरे । यो नेपालको मात्र नभई तेस्राे विश्वसका अल्पविकसित सबै मुलुकहरूका साझा समस्या रहेको सापकोटाको भनाइ थियो। 

सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषय नागरिकको मौलिक हकका रूपमा लिपिबद्ध गरेको जानकारी उनले विश्व समुदायलाई गराए। 

मौलिक हक कार्यान्वयनका लागि संसदले १६ वटा कानुनसमेत निर्माण गरिसकेको जानकारी उनले दिए। सापकोटाले नेपालको सरकार संसद्प्रति जवाफदेही रहेकोसमेत बताए। सापकोटाले  नेपालको विकास प्रयासमा सघाउन विकास साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरे। 

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमिण्डल गत साता न्युयोर्क प्रस्थान गरेको थियो। टोलीमा कांग्रेसका तर्फबाट राष्ट्रिय सभाको राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ, एमाले सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद सापकोट, राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन्।