१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
अनु आचार्य काठमाडाैं
२o८१ जेठ ४ शुक्रबार ११:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हरियो साउन, ऊर्जाको प्रतीक 

Read Time : > 1 मिनेट
अनु आचार्य, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:o४:oo

साउन महिनामा अधिकांश महिला हरियो र पहेँलो कपडामा सजिन रुचाउँछन् । उनीहरूको नाडीमा हरिया, पहेँला चुरा, पालिस र हातमा मेहदी देखिन्छन् । पछिल्लो समय मेहदी र हरियो, पहेँलो चुरा, पालिस लगाउनेको क्रेज बढेको भक्तपुरमा कस्मेटिक सामानको व्यवसाय गर्दै आएकी विनिता श्रेष्ठले बताइन् । ‘यो साउनमा मेरो पसलमा धेरैजसो हरियो चुरा, मेहदी र पालिस किन्ने धेरै आएका छन्,’ उनले भनिन् ।

हरियो चुराबारे समाजमा धेरैखाले मान्यता रहिआएको पाइन्छ । कतिपयले देखासिकीको भरमा, कतिपयले फेसनेबल बन्न त केहीले आ–आफ्नै बुझाइका आधारमा लगाउने गरेको पाइएको छ । साउनमा हरियो लगाउने र सोमबार व्रत बस्ने चलन छ । युवतीहरू हरियो रङका कुर्था–सुरुवाल, साडीमा सजिन रुचाउँछन् । 

यस महिना मेहदीप्रति पनि युवतीहरूको लगाव विशेष रहने गरेको ब्युटिसियन सरिता भारतीले बताइन् । ‘हातखुट्टामा मेहदी सधैँ नै लगाउन सकिन्छ र लगाइन्छ पनि । साउनमा यसको महत्वअझै बढेर जान्छ । अन्य समय मेहदी नलगाउनेले पनि यस महिना लगाउने गर्छन्,’ उनले भनिन्, ‘साउनमा अत्यधिक वर्षा हुने गर्दछ । यो मौसममा खेतीमा काम गर्नुपर्ने हुन्छ । यसरी खेतमा काम गर्दा वर्षाको पानी तथा हिलोले हातखुट्टा खाने, चिलाउने, घाउ हुने गर्दछ । मेहदी आफैँमा कीटाणु प्रतिरोधात्मक (एन्टिब्याक्टेरियल) वनस्पति हो । त्यसैले परापूर्व कालदेखि नै विभिन्न वनस्पति थिचेर तथा पिसेर त्यसको लेपलाई छालामा लगाइन्थ्यो र विभिन्न ब्याक्टेरिया तथा दूषित वातावरणबाट छालालाई जोगाइन्थ्यो ।’

उनले थपिन्, ‘साउन महिनामा मेहदी लगाउनुको धार्मिक कारण पनि त्यत्तिकै महत्वपूर्ण छ । मेहदी आफैँमा पवित्र रङ हो । साउन धार्मिक दृष्टिकोणले पवित्र महिना हो । यो भगवान् शिवको आराधना गर्ने महिना हो । साउनमा हातखुट्टामा मेहदी लगाउँदा पूजाका लागि नारीहरू पवित्र हुन्छन् भन्ने मान्यता रहेको छ ।’

ऊर्जाको प्रतीक 

डा. गोविन्द टन्डन संस्कृतविद्

साउन महिनासँगै यो वर्ष परेको मलमास पनि सुरु भएको छ । यो समयमा प्रकृति पनि हरियाली हुन्छ । लुतो फाल्ने परम्परा (साउन १) र मकै भाँच्ने काम पनि यस महिना हुन्छ । यस अर्थमा उब्जनी, उत्पादनशीलता, खेती तथा हाम्रो वनस्पतिको मूल्य र महत्व यस महिनासँग जोडिएका छन् ।

हरियो रङको बेग्लै महत्व छ । हरियो रङले ऊर्जा, आनन्द, मनमोहकता र माधुर्य दिने काम गर्छ । साउन महिना नयाँ जोस, नयाँ जाँगर, ऊर्जाको एउटा नयाँ स्वरूप बोकेर हरेक वर्ष आउँछ । त्यसैले यसको विशेष महत्व छ ।

त्यसकारण पनि हरियो रङको बेग्लै महत्व छ । हरियो रङले ऊर्जा, आनन्द, मनमोहकता र माधुर्य दिने काम गर्छ । साउन महिना नयाँ जोस, नयाँ जाँगर, ऊर्जाको एउटा नयाँ स्वरूप बोकेर हरेक वर्ष आउँछ । त्यसैले यसको विशेष महत्व छ ।

वर्षात् सुरु भइसकेकाले यतिवेला हिमाल, पहाड, तराई जताततै हरियाली देखिन्छ । विभिन्न किसिमका फूल तथा सुगन्धित फलहरू फलिरहेका हुन्छन् । हिमालतिर गयो भने यार्सागुम्बा जडीबुटी फल्छ । यो विश्वका लागि महत्वपूर्ण जडीबुटी हो ।

त्यसैले साउनको धार्मिक महत्वसँगै यस समय हुने उत्पादनलाई पनि जोड्दै लैजानुपर्छ । किनकि, नेपाल कृषिप्रधान देश हो । अहिलेको सिजन आँप फल्छ । यसलाई फलफूलको राजा पनि भनिन्छ । आँपको परिकार, प्रशोधन, यसबाट हुने फाइदाका कुरा, यसले समाजमा पुर्‍याउन सक्ने चेतनाका कुरामा पनि ध्यान दिनुपर्ने वेला आएको छ ।

किनभने, कर्मकाण्ड तिथिमितिका कुरा त आउँछन्, जान्छन् । यसलाई जनजीवनसँग जोड्न सकियो भने सान्दर्भिकता बढेर जान्छ । हरियालीको महत्व, त्यसबाट मानिसले लिन सक्ने गुण, प्रेरणा पनि आउँछ जस्तो लाग्छ । 

ad
ad