१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसियाली मुलुकमा मानवअधिकार रक्षकहरूको सुरक्षा चुनौती बढ्दो : फोरम एसिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१५:oo

मानवअधिकार तथा विकास मञ्च (फोरम एसिया)ले विश्वव्यापी रूपमा मानवअधिकार रक्षकहरूको सुरक्षा चुनौती बढेको भन्दै एकजुट हुन आह्वान गरेको छ।

फोरम एसियाको काठमाडौंमा बसेको बोर्ड बैठकले एसिया महादेशभित्रका सबै देशहरूमा मानवअधिकार रक्षकहरूको अवस्था एउटै रहेको र उनीहरूमाथि दैनिक नयाँ-नयाँ प्रकृतिका चुनौती थपिँदै गएकाले अन्तरदेशीय सञ्जाल बनाएर मुद्दाको पैरवी गर्नुपर्ने निष्कर्ष निकालेको हो।

देशभित्रै विकसित राजनीतिक घटनाक्रम, सीमा क्षेत्रमा दैनिक हुने मानवअधिकार उल्लंघनका घटना, अन्तरदेशीय सम्बन्धलगायतको प्रत्यक्ष असर मानवअधिकार रक्षकहरूमा पर्ने गरेको बैठकको निष्कर्ष छ। व्यापार व्यवसायका कारण पनि मानवअधिकार उल्लंघन हुने क्रम बढ्दै गएकाले त्यसतर्फ पनि सचेत हुन फोरम एसियाले सबैलाई आह्वान गरेको छ। 

फोरम एसियाका अध्यक्ष जेराल्ड जोसेपले मानवअधिकार रक्षकहरू सरकारका विरोधी नभएको र उनीहरू मानवअधिकारको रक्षा, लोकतन्त्र र विकासको मुद्दाका सहयोगी हुन् भन्ने बुझाउनु आवश्यक रहेको बताए। ‘दक्षिण एसिया क्षेत्रमा क्रियाशील सबै देशका मानवअधिकार रक्षकहरूले अब देशभित्र मात्र नभएर अन्तरदेशीय सञ्जाल बनाएर सबैका मुद्दाहरू उठाउन आवश्यक छ,’ उनले भने।

मानवअधिकार रक्षकहरू सम्मिलित ८५ वटा संस्थाको साझा सञ्जाल फोरम एसिया २४ देशमा क्रियाशील छ। फोरम एसियाको बोर्डमा नेपालसहित ९ वटा देशको प्रतिनिधित्व रहेको छ।