१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण २ मंगलबार
  • Sunday, 11 May, 2025
२o८o श्रावण २ मंगलबार १२:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अत्यावश्यक औषधि अभावमा गाजाका नौ हजार क्यान्सरपीडितको जीवन जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण २ मंगलबार १२:o४:oo

अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एकजना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्।

गाजापट्टीमा क्यान्सररोगीहरू निदान र उपचारको अभावबाट पीडित भएका तथा त्यहाँको जनसंख्यामा क्यान्सररोगीहरूको संख्या बढ्दै गएको गाजा क्यान्सर केन्द्रका महानिर्देशक सुभी स्काइकले बताएका छन्।

महानिर्देशक स्काइकले विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई उद्धृत गर्दै ट्युमरको उच्च दरबारे जानकारी दिँदै सन् २०२१ मा गाजामा प्रतिएक लाखमा ९० प्रतिशतभन्दा बढी क्यान्सरबाट पीडित भएका बताए। उनका अनुसार यो संख्या सन् २०४० सम्ममा दोब्बरले बढ्ने अनुमान गरिएको छ। गाजामा हाल क्यान्सर मृत्युदर १२.५ प्रतिशत छ। 

गाजाका बिरामीलाई रोगको निदानको लागि रेडियोथेरापी र आणविक औषधिमा पहुँच छैन। इजरायलको यात्रा प्रतिबन्धले उनीहरू वेस्ट बैंक वा पूर्वी जेरुसेलममा उपचार गराउन बाध्य छन्। 

स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रका क्यान्सर बिरामीको जीवन बचाउन अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित अधिकारीहरूलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन्।

सन् २००७ मा इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले गाजाको तटीय क्षेत्र कब्जामा लिएपछि त्यहाँ  बसोवास गर्ने करिब २० लाख प्यालेस्टिनी इजरायली नाकाबन्दीको पीडामा बाँचेका छन्।