१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार o७:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पाँचौँ साफ यू–१९ नेपालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o७:५o:oo

 दक्षिण एसियाली यू–१९ फुटबल च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यू–१९ आगामी असोजमा काठमाडौंमा हुने जनाएको छ । एन्फाले नेपाली यू–१९ टोली तयार पार्न खेलाडी छनोट गर्ने भएको छ ।

पाँचौँ संस्करणको साफ यू–१९ च्याम्पियनसिप ४–१३ असोजसम्म हुनेछ । नेपालले तेस्रोपटक यस प्रतियोगिताको आयोजना अवसर पाएको हो । सुरुका दुई संस्करणमा नेपाल च्याम्पियन बनेको थियो । पछिल्ला दुई संस्करणमा नेपाल फाइनलसमेत पुग्न सकेको छैन ।

गत वर्ष आयुष घलानको कप्तानीमा रहेको नेपाल भारत र बंगलादेशभन्दा पछि रह्यो । नेपाल तेस्रो स्थानमा रहँदै प्रतियोगिता सकाएको थियो । एन्फाले यू–१९ राष्ट्रिय फुटबल टोली बनाउन तीन चरणमा खेलाडी छनोट गर्नेछ । एन्फाले सात प्रदेश र ४८ जिल्ला फुटबल संघलाई पत्र लेख्दै खेलाडी छनोटबारे जानकारी गराएको हो । 

२६ देखि ३० साउनसम्म एन्फाले अन्तिम चरणको छनोट प्रशिक्षण सञ्चालन गर्ने जनाएको छ । गत वर्षको संस्करणमा एन्फाले सात सय खेलाडीलाई छनोटमा सहभागी गराएको थियो । एन्फाले विभिन्न चरणमा खेलाडी छनोट गर्दै अन्तिम राष्ट्रिय टोली बनाएको थियो । 

ad
ad