१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १९:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त तुलाधर १५ लाख धरौटीमा रिहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:o३:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर १५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बुधबार पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरेको इजलाशले थुनछेक बहसपछि उनीसँग १५ लाख धरौटी माग्ने आदेश दिएको हो । 

तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् । सो मुद्दाका प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएका थिए । 

शर्माले विभिन्न व्यक्तिमार्फत महर्जनको सहकारीमार्फत लेनदेन गरेका थिए । अनुसन्धान सुरु भएलगत्तै फरार भएका उनलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो । 

अदालतमा बयानको क्रममा तुलाधरले आर्थिक लेनदेन भएका वेला आफू कोभिड लागेर बिरामी रहेको र त्यति वेला आफ्ना कर्मचारी हरिभक्त महर्जनले आर्थिक कारोबार गरेको बताएका थिए । सोही आधारमा उनको धरौटी खुलेको हो । उनका कर्मचारी हरिभक्त भने यही मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै संगठित रुपमा भएको ठगी प्रकराण्मा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले ३० जना प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये १६ जना थुनामा छन् भने दुई जना धरौटीमा छुटेका थिए । 

मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार छन् । यस प्रकरणमा प्रहरीले थप संकित व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ ।

ad
ad