१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
२o८१ जेठ ९ बुधबार १२:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

कार्कीको ‘सन्दिग्ध शताब्दी’लाई अमेरिकाबाट दिइने सर्वोत्कृष्ट निबन्ध पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १२:४१:oo

निबन्धकार श्रीबाबु कार्कीको सन्दिग्ध शताब्दी नामक निबन्ध संग्रहले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाबाट प्रदान गरिने सर्वोत्कृष्ट निबन्ध पुरस्कार प्राप्त गरेको छ।

एक हजार युएस डलर राशि रहेको उक्त पुरस्कार निबन्धकार कार्कीको सन्दिग्ध शताब्दीले प्राप्त गरेको हो। अन्तर्राष्ट्रिय साहित्य समाज अमेरिकाले शनिबार एक भव्य समारोहका बीच सन्दिग्ध शताब्दी निबन्धसंग्रहलाई सर्वोत्कृष्ट निबन्ध पुरस्कार घोषणा गरेको थियो।

दोलखाको तामाकोसी गाउँपालिका– २ झुले स्थायी घर भई हाल राजधानी बस्दै आएका कार्की लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय छन्। 

पुरस्कृत कार्कीको  निबन्धसंग्रह साझा प्रकाशनले प्रकाशित ल्याएको थियो। नेपाली लेखक संघ केन्द्रीय समितिका उपमहासचिवसमेत रहेका कार्की बालकथा, लघुकथा, कविताजस्ता विविध विधामा उत्तिकै कलम चलाइरहने लेखकसमेत हुन्। 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिकाले आफ्नो पुस्तक सन्दिग्ध शताब्दीलाई पुरस्कृत गरेकोमा खुसी व्यक्त गर्दै कार्कीले साहित्य क्षेत्रमा थप सक्रिय हुन प्रेरणा मिलेको बताए।  साहित्यकार एवं निबन्धकार कार्कीले यसअघि थुप्रै कृति प्रकाशनमा ल्याइसकेका छन्। 

२६ चैत ०३३ मा दोलखाको झुलेमा जन्मिएका कार्कीको पहिलो रचना च्यापिएको मुस्कान कवितासंग्रह ०५६ हो । त्यसैगरी उनले समय बाछिटा लघुकथासंग्रह ०६१,यतिको कथा बालकथासंग्रह ०६६,रमाइलो चरीगाउँ बालकथासंग्रह ०६९ र जराको अनुहार डिजिटल कवितासंग्रह ०६९ बजारमा ल्याइसकेका छन्। त्यसपछि झन्डै १० वर्षको मिहिनेतपछि कार्कीले ०७९ मा सन्दिग्ध शताब्दी नामक निबन्धसंग्रह साझा प्रकाशनमार्फत प्रकाशनमा ल्याएका थिए।  सन्दिग्ध शताब्दीमा मानवीय जीवनजगतका विविध पक्ष समेटिने १४ वटा निबन्ध संग्रहित छन् । 
 

ad
ad