१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार ३० शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार ३० शनिबार १o:o२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पुलिसका दुवै टोली फाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार ३० शनिबार १o:o२:oo

नेपाल पुलिस क्लबको महिला र पुरुष टोली सातौँ प्रधानमन्त्री कप राष्ट्रिय क्लब लिगको फाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा शुक्रबार लिग चरणको अन्तिम दिन जित निकाल्दै पुलिसका दुवै टोली अन्तिम दुईमा पुगेका हुन् । पुलिसले उपाधिका लागि हेल्प नेपालसँग खेल्नेछ । हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । महिलातर्फ एक खेलअघि नै पुलिस उपाधिनजिक पुगेको थियो । पुलिससँग न्यु डायमन्ड सोझो सेटमा पराजित एपिएफले फाइनल स्थान बनाएको हो । महिला फाइनलमा पुलिसले एपिएफविरुद्ध खेल्दै छ । 

न्यु डायमन्डको खराब प्रदर्शन
प्रतिभा मालीको कप्तानीमा रहेको न्यु डायमन्डको यस सिजन सुखद रहन सकेन । प्रतिभासँगै राष्ट्रिय टोलीकी लिबेरो सलिना श्रेष्ठ र सेटर प्रगतिनाथको साथ रहेको न्यु डायमन्ड लिग चरणबाट माथि बढ्न सकेन । अन्तिम खेलमा पुलिसविरुद्ध जित निकाल्दा न्यु डायमन्ड फाइनल पुग्ने थियो । ३–० को सोझो सेटमा पराजित हुँदा न्यु डायमन्ड बाहिरियो । पुलिस लिगमा अपराजित रह्यो । पुलिसले डायमन्डलाई २५–२०, २५–१४ र २५–१७ ले पराजित गर्‍यो । राष्ट्रिय टोलीका उषा भण्डारी, कामना विष्ट, पुनम चन्द र शान्तिकला तामाङको साथ पाएको पुलिसले १५ अंक जोडेको छ । दोस्रो स्थानको एपिएफले ११ अंक बनायो । 

हेल्प नेपालको रोमाञ्चक जित
राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीविरुद्ध तीन पाकिस्तानी खेलाडीका साथमा हेल्प नेपालले रोमाञ्चक जित निकालेको छ । निर्णायक खेलमा हेल्प नेपाल ३–१ ले विजयी भयो । पहिलो सेटमा हेल्प नेपाल २९–२७ ले विजयी भयो । आर्मीले दोस्रो सेट २५–२१ ले जित्यो । आर्मीका मानबहादुर श्रेष्ठ, राजेन्द्र विष्ट, हरि अधिकारी, दुर्गा खड्का, धनपति गुरुङ र हरिहजुर थापालगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । हेल्प नेपालले तेस्रो सेट २५–२२ ले जित्दै फाइनल स्थान पक्का गर्‍यो । फाइनल पुग्न हेल्प नेपाललाई एक अंक मात्र आवश्यक थियो ।

चौथो सेटमा हेल्प नेपाल ३९–३७ ले विजयी भयो । पाकिस्तानी खेलाडी माजर अली, ऐमल खान र अद्नान खान साथै सन्जु शाह, दीपक थापा र सुरेन्द्र बलले सानदार प्रदर्शन गरेका थिए । अपराजित हेल्प नेपाल ६ खेल जित्दै १६ अंक बनायो । दोस्रो भएको पुलिसको १५ अंक छ ।