१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

हिमालय एयरलाइन्सद्वारा इन्टरनेट बुकिङ इन्जिनको सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:४o:oo

नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इन्जिन (आइबिई) सेवा सुरु गरेको छ। यसबाट ग्राहकहरूले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको वेबसाइटमा गएर टिकट बुकिङ गर्न सक्नेछन्।

यो सेवाको प्रारम्भिक चरणमा ग्राहकहरूले टिकट खरिदका लागि ई–सेवा वालेट, मास्टरकार्ड र  भिसा कार्डबाट भुक्तानी गर्न सक्नेछन्। युनियन पे र कनेक्ट आइपिएस निकट भविष्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसका साथै रिफन्ड रिक्वेस्ट, टिकटको मूल्य खोजी, बुकिङ व्यवस्थापनसहित अतिरिक्त सेवाहरूको उपभोग गर्न सकिनेछ। एयरलाइन्सले ब्यागेज प्रि–बुकिङ, सिट र खाना सेलेक्सन, लाउन्ज सेवाको बुकिङ, संयुक्त सेवाहरू चयन गर्नेजस्ता विभिन्न अन्य सेवाहरू पनि ल्याएको छ। साथै, यात्रुहरूले विमानस्थलमा समय बचत गर्नका निम्ति अनलाइन चेक–इन पनि गर्न सक्नेछन्।
 

ad
ad