१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २६ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २६ मंगलबार १२:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना सेवा र त्रिवि व्यवस्थापन विभागबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २६ मंगलबार १२:४८:oo

कामना सेवा विकास बैंकले त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय, व्यवस्थापन केन्द्रीय विभागसँग दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्ने सम्झौता गरेको छ । 

सम्झौताअनुसार व्यस्थापन केन्द्रीय विभागले वित्तीय साक्षरता कार्यक्रमलगायत बैंकका विभिन्न कार्यक्रममा विद्यार्थी स्वयंसेवकहरू उपलब्ध गराउन सहमत भएको जनाइएको छ । साथै, व्यवस्थापन विभागका कर्मचारी, व्यवस्थापन सदस्य तथा विद्यार्थीलाई बैंकको वित्तीय सेवा–सुविधा प्रयोग गर्न प्रोत्साहन गर्ने जनाइएको छ । सम्झौतापश्चात् बैंकले पहिचान गरेका क्षेत्रहरूमा व्यवस्थापन केन्द्रीय विभागले अनुसन्धानसमेत गर्न सहमत भएको बैंकले जनाएको छ । 

बैंकको तर्फबाट व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीलाई इन्टर्नसिप कार्यक्रम र बैंकमा रोजगारको अवसरसमेत प्रदान गर्ने सम्झौता भएको जनाइएको छ । साथै, बैंकले प्रत्येक वर्ष विभागले सिफारिस गरेका विद्यार्थीलाई दुई विषयमा शोधकार्य गर्न छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ ।