१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
मञ्जु टेलर काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

आठ हजार विपन्नको आँखाको निःशुल्क शल्यक्रिया गरिने

Read Time : < 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:४४:oo

दृष्टिमा समस्या देखिएर आँखाको शल्यक्रिया गर्नुपर्ने आठ हजार बिरामीको निःशुल्क शल्यक्रिया हुने भएको छ । आर्थिक अभावमा शल्यक्रिया नगरेका प्रभावित विपन्न बिरामीको एक वर्षभित्र निःशुल्क शल्यक्रिया गरिने भएको हो । नेपाल नेत्र ज्योति संघ र अस्ट्रेलियाको डाक फाउन्डेसनको सहयोगमा देशभरका प्रभावितले सेवा पाउनेछन् । २०२३ भित्र आर्थिक अभावका कारण उपचारबाट वञ्चित रहेका प्रभावितका लागि फाउन्डेसनले अनुदान सहयोग दिएको हो । 

नेपाल नेत्र ज्योति संघले देशभरका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेर प्रभावितको छनोट गर्ने भएको छ । आर्थिक अभाव र स्वास्थ्य संस्थासम्म न्यून पहुँचका कारण दृष्टि गुमाउनुपर्ने अवस्थामा रहेका प्रभावितको सहयोगका लागि गाउँघरमै निःशुल्क शिविर सञ्चालन गरिरहेको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रको भनाइ छ ।


नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र भन्छन् ‘ अहिले पनि हाम्रो देशमा कतिपय नागरिक आर्थिक अभावकै कारण आँखा उपचारबाट वञ्चित छन्, त्यस्ता नागरिकलाई सेवा प्रवाह गर्न डाक फाउन्डेसनजस्ता दातृनिकायको सहयोग महत्वपूर्ण छ ।’

उपचारबाट निको हुने अन्धोपनको समस्या निवारण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको संघले यो कार्यक्रमपछि थप सहयोग पुग्ने उनले बताए । ‘अहिले पनि हाम्रो देशमा कतिपय नागरिक आर्थिक अभावकै कारण आँखा उपचारबाट वञ्चित छन्, त्यस्ता नागरिकलाई सेवा प्रवाह गर्न डाक फाउन्डेसनजस्ता दातृनिकायको सहयोग महत्वपूर्ण छ,’ मिश्रले भने ।

आँखाको उपचारका लागि मापदण्डअनुसार विपन्न पुष्टि गर्ने सम्बन्धित वडाको सिफारिस नचाहिनेसमेत संघले जनाएको छ । उपचारका लागि शिविर र सेवा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामार्फत सबै प्रभावितले सेवा लिन सक्नेछन् । संघले सञ्चालन गरेका निःशुल्क शिविर, संघअन्तर्गतका २७ वटा आँखा अस्पताल, १५४ आँखा उपचार केन्द्र, ४४ वटा जिल्ला शाखा र नेपाल आँखा अस्पतालबाट उपचार सेवा दिइने जनाएको छ ।

ad
ad