१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असार २४ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असार २४ आइतबार १६:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय समिति र संसद् चलाउन सरकार जिम्मेवार देखिएन : योगेश भट्टराई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असार २४ आइतबार १६:४८:oo

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्।

आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद् र  समितिहरू चलाउने सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताएका हुन्। पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसद्का बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उनले उल्लेख गरे। समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको भट्टराईको भनाइ छ।

‘समितिहरू भनेको सरकारलाई चेक एन्ड ब्यालेन्स गर्ने संसद्का अंग हुन्। यी समिति नचलोस्, प्रभावहीन होस् भन्ने सरकारको चाहना देखिन्छ। किनभने अहिलेसम्म नेतृत्व छनोट गर्न नसक्नु, यसमा कमजोरी भएको छ,’ उनले भने।

सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशन सरकार र सरकारका निकायहरूले विनासर्त कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।